आज फेरी कताकता बाट आफ्नै गाउ घर पाखा पखेरा हरुको
अनायासै सम्झना आउँदा मेरो मन भित्र देखेनै रसायर आउछ ।
के गर्नु जिन्दगीको गोरेटोमा हिन्नै पर्ने । बनपाखामा गाई
बाखरा चराआउँदै सालको पात बजाउदै चरिहरुको चिरबिरसङै
उनिहरु सङै आबाज मिसाउदै गीत गाउदै कती रमाइलो हुन्थेयो ।
अनी गोठाला गोठल्नीहरुसङै जिस्स्किदै हिनेको बगैचामा गयर
आप हल्लायर झर्दा पाकेको मलाई भन्दै झगडा गरेको अनी
गोठालोमा खाजा खादा चाउचाउको नुन पनि आदी आदी खाको !
अहो ! गर्मी हुँदा चेपेखोलामा पौडी खेलेर साज घर आउँदा उकालो
बाटो थाकेर लखतरान । मेला पात हिन्दा जिस्किदै रमाइलो
गरेको सम्झनाले सताइरहने ।
अब त ति दिन फर्केर आउँदैनन होला ।
ठिकै छ नि जिबनको दौडानमा दौडनै पर्ने यस्तै रहेछ
जिन्दगी समय सङै परिवर्तन हुनुपर्ने ।
आमाले पकायर दियको खानेकुरा खान कती
आमाले पकायर दियको खानेकुरा खान कती
मिठो हुन्थेयो सम्झँदा पनिमुख रसायर आउछ । आज भोली
त सङी साथी हरु कता कता पुगे होलान है ? कोही छोराका
बाउ त कोही बच्चा का माउ भय होलान । तिहारमा भाईलो
खेलेको सम्झना त सदै मनमा ताजानै छ । सधैं दिनहरु
भात्टिमा गयर बितायको । अनी पिर्थिवीनरयन कालेजका
साथीहरुले कती मिस गरिरहेका होलान । अनी सानी हरुले
मेरो बाटो हेरिरहेका होलान । लल पर्खिबसे फर्की आउनेछु
भन्छन ।
No comments:
Post a Comment