तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Tuesday, October 26, 2010

सुरेश नाचीज

एउटा रोगी मन

 सुरेश नाचीज

म , मनका केहि अर्बुद रोग सुम्सुम्याउँदै , दिनदिनै मनास्लु हाँसेको
एकमुष्ट अभिनय गर्दो छु ।
मनकै गढी र किल्ला टेकेर !
केहि योद्धाका निशानी
केहि युद्धका ,
छरपष्ट बिस्कुन झैँ मनको आँगनभरि सुकाएर ।
केहि मोडका दुर्घटित छायाँछबीहरु
सजीब चित्रहार भएर घरिघरि बिस्कुन चलाउँछन
रक्ताम्य आँगन ।
कारण अकारणका एकखात बहिखाताको पानापिच्छे
असरल्ल बिगत

उस्तै
उत्तिकै भोगाईका टुक्रा हरु
ओल्टे कोल्टे ऐना हेर्छन ,
दर्पणको धुमिल छायाँमा
एउटा समुल सपनाको आशा बोकेर ।
प्रतिक्षामा बित्दै गरेको युगले भीरका केहि गुराँसे थुंगाहरुमा चढेको जवानीको रंगलाई
छिनछिनमै बदलेर नाप्छ ।
भीडका केहि लालीहरुले जस्तै
यो भीड
लालीगुराँस हुन सक्ला र ?


नाचीज

No comments:

Post a Comment