तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Wednesday, May 11, 2011

तिमीलाई

           जिन्दगीमा केही दिन सक्छौ भने चोखो माया देउ खुसी दिन सक्दैनौ भने कमसेकम आँशु त नदेउ !! तिमीलाई बिर्सेको भए घाम र जुनलाई सोध म बिदेसमा कसरी बस्छु होला आफ्नै मनलाई सोध  अनि मेरो मायाँ तिमीले मुटु भित्र खोज तिम्रो मायाँ पाएर म हाँस्न थालेकी छु तिमीलाई सम्झँदा मैले सबै थोक भुलेकी छु अब अरु केही माग्नु छैन भगवान संग बस तिम्रो मायाँ पाउन सकुँ । निश्शास्सीएका आँखा आज त्यसै रसाए उजाडीएको मनमा तिम्रो तस्बिर सजाएँ । तिम्रो साथमा सधैँ रमाउन सकिन, उजाड मनलाई हरियाली बनाउन । अनयासै नयनहरु हेर्छन् तिम्रा बाटो हरु भित्र भित्रै दुख्छ घाउ देखिदैन चोटहरु । थाहा छैन बियोगी मन । तिमी कहाँ गयौ आखिर तिमी याद बनी मुटु भित्र रह्यौ ।
                   
                    रबिना अधिकारी
                        गोर्खा छोप्राक


            

Tuesday, April 26, 2011

पुगेछु म

घुम्दा घुम्दै बैरागीको नाममा पो पुगेछु म
बितेका ती पलहरुको लाममा पो पुगेछु म

पागलनै बनेँकित कति खुशी हुन पुगेँ
परीलाई देखेको त घाममा पो पुगेछु म ।

अब्दुल करीम मियाँ
हर्मी २ थुम्की

Monday, April 4, 2011

' गजल '

आँशु सबै झरेर ताल हुन्छ सपनीमा 
शास छँदै मरेको चाल हुन्छ सपनीमा । 

सकिएन चिन्नलाई को आफ्नो को बिरानो
हिँड्ने बाटो जता सुकै जाल हुन्छ सपनीमा ।

मुटुमेरो छेड्दा खेरी बचनको तिर हानी 
सधैँ मेरो बेहोसी को हाल हुन्छ सपनीमा ।

आफु हुन्छु जिबन र मरणको दोसाँधमा 
वरिपरी कुन्नी के को खाल हुन्छ सपनीमा ।

फालीदिन्छु भाको जती आफु सँग छैन भनी 
अरु सँग बत्तिसको माल हुन्छ सपनीमा ।


बिपनीमा टपरिमा ढिँढो मैले खाए पनी 
खिरले नै भरएको थाल हुन्छ सपनीमा ।

Saturday, April 2, 2011

प्रिय निष्ठुरी ।

बिर्षन खोज्दा खोज्दै पनी किन किन थाहै नपाई यो मन छट्पटीएको ले नमान्दा नमान्दै लेख्न खोज्दै छु तिम्रो नाम लिएर । हुन त तिम्रो नाम लिएर पत्र लेख्ने आदेश ममा छैन तै पनी मनको पिर हटाऊनको लागी यि मेरा हातका औँलाहरु सेतो कागजको बेदाग पानामा तिखो कलमको सुइरो धस्न बाध्य भए। धेरै लामो समय भएको थियो तिमीलाई बिर्षँदै गएको तर तर आज मेरो कानमा घटना भयो भन्ने सुनेकोले पुरानै सम्झना आइदिएकोले दुई चार शब्द लेख्दै छु । कहाँ छौ के गर्दै छौ त्यो त मलाई थाहा छैन तै पनी मनमा चोट त परेकै होला समाहाल्नु आफुले आफुलाई ।

       
          तिमीले त यो क्षितिज पारीको दुखीलाई बिर्षीसक्यौ होला तर मलाई त तिमी बिना जहाँ गएपनी एक्लो महाशुस हुन्छ । जब बिहान हुन्छ अनी सुर्य तर्फ फर्केर हातको पाली बनाऊँदै हेर्छु तिमी नै आऊँदै छौ की भनेर । अनी जब शन्ध्या हुन्छ तिमी बिलाए झैँ लाग्छ । रातभरी तिम्रै कल्पनामा हराऊँछु । खै २ - ३  बजेतिर निदाऊँदो रहेछु । अनी सपनीमा आईदिन्छौ अबेर सम्म सु्तिरहँदो रहेछु । कोही बिरानो मुलुकको मान्छे आएर बिरानै भाषामा कराउँछ, झस्कन्छु बिहुँजिँदा त बिहान ८ बजिसकेको हुन्छ ।

                              मेरा दिनहरु यसरी नै बितिरहेका छन् । तिमिलाई कस्तो छ दिन कसरी बिताइरहेकी छौ ? हुनत तिमीसँग त भुल्ने मान्छे छ राम्रै सँग बिताइरहेकी हौली नराम्रो त हुन नसक्ला किनकी तिमी सबैकुराले भरिपुर्ण छौ र नराम्रो नहोस् पनी मेरो चाहना र कामना तिमीलाई ।

                               अन्त्यमा तिम्रो शुस्वास्थ्य र दिर्घायुको कामना गर्दै बिदा हुन्छु । ऊही पागल प्रेमी ।

Saturday, February 19, 2011

छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी

छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।

छोटै लुगा किन्नु पर्ने किन छानी छानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
फेरी यस्तो गजल मैले लेख्नु नपरोस,
तिम्रो भित्री गन्जी बाहिर देख्नु नपरोस ।

छोप्दैमा के रित्तिन्छ र त्यो रूपको खानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
बैंश आको छ भन्दैमा उम्लिएर हुन्न,
पोखिएर झरेपछि कसैले नि छुन्न

मैले भन्या कुरा मान राम्रो अर्ति ठानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
छोपी ओरी लुगा लाउने गर अब बानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी
elamjung.com

Tuesday, February 1, 2011

अनुभब

       खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्या_िन्सल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए, तर त्यस दिन भने त्यस्तो भएन दिनको करिव १ बजे म अबुधावीबाट काठमाण्डौकोलागि प्रस्थान गरे । नेपाली एयरलाईन्स भएको हुँदा प्लेनमा सबै नेपालीनै थियौ र एयर होस्टेज पनि नेपालीहरुनै थिए । म सबैभन्दा पछाडीको सिटमा बसेको थिए एयर होस्टेजहरुले कुरा गरेको सबै सुन्न सक्थे । उनिहरु मध्ये एकजनाले प्लेनमा यात्रा गर्दा आपत पर्दा सिट वेल्ट बान्ने तरिका नेपालीमा र अंग्रेजीमा गरी खरर पढे । पछि उनिहरुले कुराकानी गर्दा मेरो कानमा उनिहरुको शब्दहरु ठोकियो । कस्ति मोरी लेखेको पनि खरर पढ्न नसक्ने बिचमा अड्केकी अर्किले भनिन् के गर्ने त भर्खरै सिक्दै त होनी अब यस्तो हुदैन । यस्तै यस्तै कुराहरु उनिहरुले गरे । म भने सबै यात्रुहरुसँग भलाकुसारी गर्न लागे । प्लेनमा करिब ५० जना जति मात्र थियौ । त्यसमा पनि करिव २० जना जति नेपालीहरु विभिन्न समस्याहरुले सताईएर क्या_िन्सल नेपाल फर्कदै थिए । उनिहरुको तितो कथाले मेरो मन चसक्क चस्केको थियो । प्लेन खाली भएको हुदाँ म सिट बदली बदली बसे । एकैक्षणपछि एयरहोस्टेजहरु पानीको बोत्तल र केही खानेकुराहरु लिएर आए । मेमो सिटको पछाडी राखिएको छ हेर्नुहोला भन्ने आदेश दिए । बाफ रे मेमो हेरेको त दङ्ग परे । १५ रुपैया पर्ने पानीको नेपाली ६० वाई वाई चाउचाउको पनि ६० यूएईको मुद्राको तुलनामा पनि धेरै महङ्गो लाग्यो । बजेट एयरलाईन्स भएको हुनाले खानाको ब्यवस्था थिएन । प्लेनको सिसाबाट बाहिर चिहाउदा साच्चिकै हामी स्वर्गकै बाटो हिडिरहेका छौ कि जस्तो वातावरण थियो । निलो आकाश मुनी हामी थियौ त हामी भन्दा मुली विभिन्न आकारले थुप्रेको कुहिरोको बनावटी चित्र । उत्त चित्रले मन मग्न बनाएको थियो भने अझै तल समुन्द्र तथा मरुभूमी अलि अलि ठम्याउन मात्र सकिन्थ्यो । करिव साढे तिन घण्टाको यात्रामा प्लेनका झयालहरुबाट बाहिरको दृश्यले हामीलाई भुलाईरहेको थियो । विस्तारै हामी नेपाल भूमिमा प्रवेश गर्न लागेका रहेछौ । बाहिरी मौशम अहिले बदलिएको थियो हरिया डाँडा र पाखे खेत बारीले अति मनमोहक दृश्य देखिईरहेको थियो त्यसैले पनि अनुभव लगायौ हामी नेपाल भूमिमा प्रवेश गरिसकेका रहेछौ भन्ने । साँझको करिव ६ बजे हामी काठमाण्डौ अन्तराष्ट्रीय धावन मार्गमा उत्रियौ । प्लेनबाट उत्रिदा एयरहोस्टेजहरुले नमस्कार फेरी पनि यात्रा गर्नुहोला भन्दै थिए । मैले प्वाक्क भनिदिए यात्रा त गर्ने हो तर नेपालीकै प्लेन भएको हुँदा सिटमा अरबी अंग्रेजी पत्रिका होईन एक एक वटा नेपाली पत्र पत्रिका साथै नेपाललाई चिनाउने पर्यटकिय सम्वन्धि पुस्तक पनि राख्ने भन्नुहोला तपाइको म्यानेजमेन्टलाइ । एक जना एरहोस्टेजले हुन्छ भनीन् तर अर्को पटक यात्रा गर्दा पुस्तक हुने हो की होईन खै ।
           मेरो मुटु गर्भले ढक्क फूल्यो किनकी म गणतान्त्रिक नेपालमा पहिलो पाहिला राख्दै थिए । अर्को पालीको छुट्टिमा अवस्य देशले विकासको मुल फुटाउने छ म जस्ता लाखौ प्रवासी नेपालीहरुलाई स्वदेशमानै बस्ने अवसर प्रदान गर्ने छ । अध्यारो छाएको र अन्तराष्ट्रिय विमानस्थल भन्न पनि नसुहाउने नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल पनि परिवर्तन हुनेछ । यस्तै यस्तै कुराहरु सोच्दै म बाहिरिए । जलश्रोतको खानी भएता पनि भित्र अन्धकार छाएको थियो । मधुरो बत्तिको उज्यालोमा कर्मचारीहरु आगमन स्टिकर टास्दै थिए । हामीहरु आएको रेकर्ड पहेलो सानो पानामा बाहेक अन्य कतै राखेजस्तो लागेन । झोला लिने ठाउँमा पुगे र ट्रलीमा झोला राखेर ट्रली गुडाउदै म बाहिर निस्कन थाले । बिच बिचमा सेक्युरिटी चेक गर्ने सुरक्षाकर्मिहरु थिए तर एक ठाउँमा पनि चेक गरेनन् । झोलामा के थियो कम्प्युटरबाट पनि जाचँ गरेको देखिएन । कम्प्युटरबाट जाँच गर्ने मेशिन लोडसेडिङ्गको कारण बन्द जस्तो लाग्यो लिपुट पनि बन्द थियो सायद लोडसेडिङ्गले नै हो भन्ने सोच्दै म बाहिर लागे । पहिलो चोटी मलाई लिन एयरपोर्टमा मेरी श्रीमती......आएका थिए मैले आँखा डुलाउदै थिए परबाट हात हल्लाएको देखे मन कपासझै फुरुङ्ग भयो । छोटो समय मात्र बिछोड भएता पनि कतिवेला भेटौ जस्तै भाको थियो । जव म एयरपोर्टको बाहिर निस्के मलाई त बौलाहा कुकुरले झम्टेझै झम्टीन आईपुगे । प्रवासमा भाडाका साधनहरु लाईनमा बस्ने चलन थियो यहाँ त तछाड मछाड हुदाँ अचम्म लाग्यो कहिले सुध्रने होला बिहानीकोबैषाख महिना भएको हुनाले बाहिरी मौशम केही गर्मि थियो । करिव बिहानको १० बजे हामी नयाँ बसपार्क पुग्यौ र बेशिसहर जाने बसमा चढ्यौ । काठमाण्डौदेखि करिव १ सय ३० किलोमिटर मात्र थियो हाम्रो गन्तब्य तर करिव ४ घण्टा यात्रा गर्नु पर्ने थियो । विदेशका ठाउँहरुमा १ सय ३० किलोमिटर भनेको साढे एक घण्टाको यात्रा थियो । खाडी मूलुकमा खजुरका बोटहरुमात्र देखिएको आँखाले हरियाली वातावरणहरुको अवलोकन गर्दा बसको झ्ायालबाट आँखा सधै बाहिरनै हुन्थ्यो । करिव ६ महिनाको बिछोडमा तड्पिएका मेरा छोरीहरु मलाई अँगालो हालीरहेका थिए । बिस्तारै हामी थानकोटको ओरालोलाई थिचोल्दै अगाडी पुग्यौ । मलाई पहिलो पटक विदेश जाँदा खेरी भएको पिडाको सम्झना आयो । डुम्रेबाट काठमाण्डौ आईपुग्दा करिव १० ठाउँमा उत्रेर चेक गर्दै ४ घण्टाको बाटोमा १० घण्टामा काठमाण्डौ आएको । अहिले त देशकेा अवस्था केही बदलीएको छ । कहि कतै नरोकिकन हामी दिनको करिब साढे दुई बजे डुम्रे बजारमा उत्रियौ ।
             झिसमिसेमा हामीनिस्कियौ हो खाडी राष्ट्रबाट पनि यति छिट्टै आउन पाउने । हुन पनि किन अचम्मित नपरुन गाउँबाट खाडी छिरेकाहरु बर्षौ वित्दा पनि फर्केका थिएनन् । केही ठाउषमा अवरोध खडा भएतापनि सजिलै घर सम्म आईपुग्यौ । भर्खरै बसन्त ऋतुको आगमन हुन लागेको हुनाले वर परका रुखका पातहरु पलाउने क्रम जारी थियो भने बाटोमा औसेलु हाडे काफलका बोटहरुमा लटरम्म फलेका फलले मुखै रसाएको थियो । कुनै जमानामा डुम्रेबाट घर सम्म आउन ५ घण्टा लाग्थ्यो भने अहिले १ घण्टामा आउन सकिने । गाऊँ भए पनि कति छिटो बिकासले फड्को मारेको । बाटो मात्र नभएर अहिले गाउषमा बिजुली टेलीफोन पानीको पनि पहिलाको भन्दा धेरै सुविधा भएको छ ।फोन गर्न पनि लामो लाईनमा कुरी बस्न परेको पिडा मेरो मानसपटलमा ताजै थियो । आज घरको आगँनबाट गाडी हिड्न थालिसकेको छ हप्ताको केही समय लोडसेडिङ्ग भएतापनि बिजुली बत्ती घरमानै पुगेको छ भने प्रत्येक घरमा टेलीफोनका सुविधाहरु छन् । पहिला पहिला काल्ला माथी वा जंगल भित्र जानु पर्दथ्र्यो पेट साफ गर्न अहिले प्रत्येक घरमा आ-आफ्नै सुविधासम्पन्न टवाईलेटहरु निर्माण भईसकेका छन् । १० बर्षको अन्तरालमा गाउषले यिनै विकासको फड्को मारेछ । अब आउने १० बर्ष भित्रमा सायद मेरो गाँऊ कुनै सुविधा सम्पन्न सहर नहोला भन्न सकिदैन ।

नातिकाजी मिया ।


घरको सम्झनामा एउटा लेख ।

   
               
      आँखाबाट अबिरल बर्षाको झरिझै आसु बर्षाउदै जती बेला म आफ्नो गन्तब्य स्थान तिर प्रस्थान गर्नलाई झोला उठाउछु ,अनी मेरी उनिसँग बिदा लिन खोज्दै मेरो आँखाबाट बगेको बर्षाको भेलले मेरो मन लाई झन बढी उकुस मुकुस बनाइ दिन्छ झन तेसैमा उनको रुवाइले मेरो हृदय पग्लेर धैरताको बाध फुटेझै छता छुल्ल हुन पुग्छ,
                      बर्षाका खहरे को भेल झै बगेका ति आशुले मेरा बाटोलाई अबरोध गर्न खोजिराखेको थियो , तर के गर्नु समय र परिस्थितीलाई पार गर्दै म मेरी उनिसँग बिदा लियर निस्कन्छु हृदय भरी गहिरो चोट र आखामा आसु भय पनि मनिस हरुको माझमा भने आफ्नो अनुहारलाई कृतिम हासोमा परिवर्तन गदै छाती भित्र उर्लेको बर्षाको खहरेको भेल लाई पनछाउदै,मुग्लान्को बाटो लाग्दछु,कती बिचित्र  छ यो संसार मेरो मनमा लागि राखेको थियो मैले उनलाई सान्तोना दियर सम्झौने समय पनि थियन,मानब जिबनका भोगाइ हरु पनि कती बिचित्र र कती काठोर्  छन आफुले सम्झदा आँफैलाई आश्चर्य लाग्छ जहाँ जसरी बसे पनि उनिबिना यो मनमा सुख शान्ती र सन्तुस्टिको महसुश नहुने रहेछ यो दुबइ जस्तो बिकसित ठाउमा जती भौतिक सुख सुबिधा हासिल गरेपनी यत्रो बिकसीत शहरमा यत्रो मनिस् को भिडमा म आफुलाई यक्लो मह्सुश गरिराखेको छु याद र कल्पनाहरुको तरङगमा बहदै समयलाई पार गर्न बाघ्य छु सुन्दर भबिस्यको कल्पना र रङिन सपना बुन्दै सात समुन्द्र पारी शरीर भय पनि मन चाँही नेपालमा नै छ आफ्न प्यारा बाल बच्चा को काखमा अनी मात्री भुमिको त्यो हरियाली पाखापखेरामा बस्न कसलाई पो मन हुँदैन र तर बाद्याता यस्तै रहेछ परिवारसँग डिडो फाडो खायर भय पनि स्वदेश मा नै बस्ने बिचर पलायर आयको छ ,

नतिकाजी मिया,
हर्मी १ बयपानी गोर्खा

Saturday, January 22, 2011

बयापानी ठुला गाउको मुस्लिमहरुको पवित्र धार्मिक स्थल ( मस्जिद )




सलामअलैकुम वरहमतुल्लाही वबरकातुहु ।

        मुस्लिमहरुको धार्मिक स्थानको रुपमा रहेको मस्जिद नयाँ र सुन्दर भएपनी मदर्सा जिन्ण    अवस्थामा पुगेको छ । मुस्लिमहरुको धर्मिक स्थलको रुपमा रहेको मस्जिद र मदर्साको सहि सदुपयोग हुन नसकेको होकी ! यसमा मुस्लिम कमिटिको लापरबाही हो भन्ने थुप्रै उदाहरण पनि आइरहेका छन, अर्को तिर मुस्लिम्हरुको महान पर्ब इदको समयमा नमाज पढ्नको लागि इदगाहाको लागि पनि ठाउँ साँगुरो भएको त्याहाका बासिन्दाको भनाइ रहेको छ । यस्तो हुनुमा मुस्लिम हरुकै कमजोरी र सम्बन्धित निकाएको दृष्‍टि नपुगेको खुलस्त भएको पाईन्छ ।

Wednesday, January 5, 2011

गजल ब्याङ्य



हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।


बिदेशको यात्रा

 
 

कार्तिक १९ को दिन
     आज त घर छोड्ने रात, मन भरी कुरा खेलेर बैरागी निदाउनै सकिरहेको थिएन । कता कता बिहानी पख निदाएछ । एकै छिनमा बाबाले बाबु उठ भनेको आवाज उसको कानमा पर्छ । बिउँझीएर कोठाबाट बाहिर निस्कन्छ अनी उसको मनमा बिभिन्न किसिमका कुराहरु मनमा खेल्न्न थल्छन्  । ऊ आँफैमा नरमाइलो मान्दै हात मुख धुन जान्छ । यसपछी उसको आँखाबाट आसुँ बग्न थाल्छन् । ति बुढी आमा आगनिमा रुदै बशेकी हुन्छिन, आमातिर हेर्छ झनै रुन थाल्छ । क् गरोस् गाउमै बसेर पनि बिहान बेलुका हात मुख जोर्नको लागि पनि धौ धौ छ । भलेको डाको सँगै ऊ आफ्नो गन्तब्य तिर लाग्न खोज्छ तर पाइला अगाडि बड्दैनन । परिवार सबै रोइ रहेका हुन्छन ऊ पनि रुदै सबै सँग बिदा भएर आफ्नो बाटो समाउछ ।             
     बाटोमा देख्ने हरु पनि रुदै बाइ बाइ गर्दै हुन्छन किनकी ऊ सबैको प्यारो थियो होला शायद । उसलाई बाटो सम्म छोड्नको लागि धेरै जना आउनुहुन्छ । अनी फर्केर जानुहुन्छ बिच बाटोबाट । ऊ झनै दुखी हुन्छ किनकी उसको बिदेशको यो पहिलो यात्रा थियो । एक रात बाटोमा बास बसेर भोली पल्ट ३ बजे जहाज मा चढि आफ्नो कार्य स्थान तर्फ लाग्छ । रातको १ बजे एअरपोट उत्रन्छ । ऊसलाई लिनको लागि एक जना सेतो भेस लगाएको मान्छे आउछ । अनी भन्छ how are u ? उसले उत्तर दिन्छ । अनी अरु त नजान्दो रहेछ अङ्रेजी बोल्न अनी अरबी बोल्न थाल्छ  अब ऊ अक्क न बक्क हुन्छ केही नबोली गाडीमा राखेर लैजान्छ । एउटा कोठा देखयर ईशाराले यहाँ बस बन्छ ऊ टाउको हल्लाउछ किनकी उसलाई बोल्नै आउँदैन । एउटा कोठा खाट माथि एउटा डसना मात्रै ओड्ने त छैन । यतिकै बस्छ राती एउटा मान्छे आयर तेही कोठामा सुत्छ । भोली पल्ट बिहानइ उठेर काममा जान्छ अनी काम नै जान्दैन अनी गाली गर्न थाल्छ के के भन्छ भन्छ उसले बुज्दैन । यसरीनै एक महिना बिताउछ अनी पैसानै दिदैन कामा गरे बापत । के गरोस् बोल्न जान्दैन जे गरेपनि सहनु पर्ने । जब दुई महिना बित्छ अनी उसलाई तलब दिन्छ नेपालमा भने भन्दा आधा । अनी उसले धेरै दु:ख पाउछ । एकदिन गाडीमा चड्न लाग्दा यात्रु धेरै हुन्छन उसको पैसा ब्याग छोरी हुन्छ अनी उसले धेरै दु:ख पाउछ । कती दिन त उ खाना पनि खान पाउदैन कोही चिनेको हुँदैन आफ्नाले पनि यतिखेर सहयोग गर्दैनन । उ साह्रै दु:खमा पर्छ । धनी भन्ने आशा राखेर बिदेस जान्छ झनै गरीब हुन्छ उ बिदेसमा ।

बैरागी
काले दाई ।

Monday, January 3, 2011

कबिता



                                            देबी देबतालाई साचि राखि
                                            तिमीलाई आफ्नो बनायको थिए ।
                                            आत्म हत्या गर्छु भन्दा
                                            बाबा आमालाइ मनाएको थिए ।।
                                            आफ्नै मनलाइ सोधि हेर
                                            मलाइ दोसी ठान्छौ भने |
                                            स्वार्थि संसार छोडिदिन्छु
                                            तिम्ले सुख पाउछौ भने |।
                                            हिजो सम्म माँया गर्थेउ
                                            कालि भनि भनि |
                                            आज माया अन्तै सारेउ
                                            साथि छानि छानि  ||
                                            सबैथोक त्यागी तिम्लाइ
                                            जिबन अर्पन गरे मैले |
                                            आज मेरो आसुँ बग्दा पनि
                                            तिमी हाँस्छौ अहिले ||
                                            तिमी आफै भन्ने गर्थेउ
                                            सँगै जिउला सयौ जुनि |
                                            मैले ज्यानै दिँदा पनि
                                            किन घात् गरेउ बैगुनी ?


                                            उदाशी काली
                                            मोरङ नेपाल ।



तिम्रो माँया
मुटु भरी चोट पाँए तर पनि भो भनिन,
मत तीम्रो हैन भन्यौ मैले पनि हो भनिन ।
चिन्दिन म भन्यौ अरे मेरो बारे सोध्धा खेरी,
सम्झना छ भन्दे भन्दा बुझीहालेँ को ? भनिन ।