तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Wednesday, January 5, 2011

बिदेशको यात्रा

 
 

कार्तिक १९ को दिन
     आज त घर छोड्ने रात, मन भरी कुरा खेलेर बैरागी निदाउनै सकिरहेको थिएन । कता कता बिहानी पख निदाएछ । एकै छिनमा बाबाले बाबु उठ भनेको आवाज उसको कानमा पर्छ । बिउँझीएर कोठाबाट बाहिर निस्कन्छ अनी उसको मनमा बिभिन्न किसिमका कुराहरु मनमा खेल्न्न थल्छन्  । ऊ आँफैमा नरमाइलो मान्दै हात मुख धुन जान्छ । यसपछी उसको आँखाबाट आसुँ बग्न थाल्छन् । ति बुढी आमा आगनिमा रुदै बशेकी हुन्छिन, आमातिर हेर्छ झनै रुन थाल्छ । क् गरोस् गाउमै बसेर पनि बिहान बेलुका हात मुख जोर्नको लागि पनि धौ धौ छ । भलेको डाको सँगै ऊ आफ्नो गन्तब्य तिर लाग्न खोज्छ तर पाइला अगाडि बड्दैनन । परिवार सबै रोइ रहेका हुन्छन ऊ पनि रुदै सबै सँग बिदा भएर आफ्नो बाटो समाउछ ।             
     बाटोमा देख्ने हरु पनि रुदै बाइ बाइ गर्दै हुन्छन किनकी ऊ सबैको प्यारो थियो होला शायद । उसलाई बाटो सम्म छोड्नको लागि धेरै जना आउनुहुन्छ । अनी फर्केर जानुहुन्छ बिच बाटोबाट । ऊ झनै दुखी हुन्छ किनकी उसको बिदेशको यो पहिलो यात्रा थियो । एक रात बाटोमा बास बसेर भोली पल्ट ३ बजे जहाज मा चढि आफ्नो कार्य स्थान तर्फ लाग्छ । रातको १ बजे एअरपोट उत्रन्छ । ऊसलाई लिनको लागि एक जना सेतो भेस लगाएको मान्छे आउछ । अनी भन्छ how are u ? उसले उत्तर दिन्छ । अनी अरु त नजान्दो रहेछ अङ्रेजी बोल्न अनी अरबी बोल्न थाल्छ  अब ऊ अक्क न बक्क हुन्छ केही नबोली गाडीमा राखेर लैजान्छ । एउटा कोठा देखयर ईशाराले यहाँ बस बन्छ ऊ टाउको हल्लाउछ किनकी उसलाई बोल्नै आउँदैन । एउटा कोठा खाट माथि एउटा डसना मात्रै ओड्ने त छैन । यतिकै बस्छ राती एउटा मान्छे आयर तेही कोठामा सुत्छ । भोली पल्ट बिहानइ उठेर काममा जान्छ अनी काम नै जान्दैन अनी गाली गर्न थाल्छ के के भन्छ भन्छ उसले बुज्दैन । यसरीनै एक महिना बिताउछ अनी पैसानै दिदैन कामा गरे बापत । के गरोस् बोल्न जान्दैन जे गरेपनि सहनु पर्ने । जब दुई महिना बित्छ अनी उसलाई तलब दिन्छ नेपालमा भने भन्दा आधा । अनी उसले धेरै दु:ख पाउछ । एकदिन गाडीमा चड्न लाग्दा यात्रु धेरै हुन्छन उसको पैसा ब्याग छोरी हुन्छ अनी उसले धेरै दु:ख पाउछ । कती दिन त उ खाना पनि खान पाउदैन कोही चिनेको हुँदैन आफ्नाले पनि यतिखेर सहयोग गर्दैनन । उ साह्रै दु:खमा पर्छ । धनी भन्ने आशा राखेर बिदेस जान्छ झनै गरीब हुन्छ उ बिदेसमा ।

बैरागी
काले दाई ।

No comments:

Post a Comment