तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Friday, December 24, 2010

''गजल''

कसै कसै लाई जिउन रहर छ जिन्दगी,
कसै कसै लाई जिउन कहर छ जिन्दगी ।

कोही भेटिन्छन् हासी हासी जिउनेहरु पनि,
कसै कसै लाई जिउन जहर छ जिन्दगी ।

सुखि लाई रात पनि दिनझै हुँदो रैछ यहाँ,
कसै कसै लाई जिउन प्रहर छ जिन्दगी ।

जिबन देखी हरेस खाइ चाहना लाई मर्नेहारु,
लाई हेर्दा आत्मा हत्या गर्ने ठहर छ जिन्दगी ।

सुख सयलमा रम्न पाउछन भने मान्छेहरु,
पहाडमै बस्ने लाई पनि शहर छ जिन्दगी ।

बैरागी दाई
गोर्खाली


 
''गजल''


स्वार्थी यो दुनियाँमा नामको कुरा कसले गर्छ ,
लाख छोडि सय पचास् दामको कुरा कसले गर्छ ।

पिरतिको रोगले छुँदो रैछ फेरी दुनियाँ लाई ,
त्यतै भुल्छन सबै सबै कामको कुरा कसले गर्छ ।

माहुरिको पोलो जस्तै माँया पाए पछी यहाँ ,
कमिलाको ताँती जस्तो लामको कुरा कसले गर्छ ।

मन भरिका खुशीहरु लेखिएको चिट्ठी छोडि ,
दुईचार वटा शब्द भएको खामको कुरा कसले गर्छ ।

यही लेककी परी अरे नेपाल आमाकी छोरी पनि,
त्यै सितालाई छोडि छोडि रामको कुरा कसले गर्छ ।

काले दाई ।

No comments:

Post a Comment