तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Thursday, December 16, 2010

''गजल''

प्रणयका रातभरी जाडो मन पर्छ ।
खोला खोल्सा कन्दरा र डाँडो मन पर्छ ।।

शिशिरमा पतझर फूलभन्दा पनि ।
मीठो गरी दुखाउने काँडो मन पर्छ ।।

हिउदका दिन छोटा भन्थे बुढापाका ।
आजभोली सूर्य अस्त चाँडो मन पर्छ ।।

भोक कैले नभेटिने जति खाए पनि ।
साग सिस्नु मिसिएको फाँडो मन पर्छ ।।

अमूर्त हुन् संसारका अवयवहरु ।
निष्पिडित आकृतिको भाँडो मन पर्छ ।।

तेज बकस मिया
गोरखा नेपाल

No comments:

Post a Comment