तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Thursday, December 30, 2010

नेपालीको काहानी समेट्ने प्रयस ।

सडकको कुकुरले झै फालेकोनी खाँए आमा,
अरु फाल्थे थोत्रा लुगा मैले तिनै लाँए आमा ।

आफ्नो पेट पाल्नै पर्‍यो धेरै धाँए यता उता,
साथीहरुको सामु गई जोगिको गीत गाँए आमा ।

ब्यथा भने आफ्ना लाई भने पराइ लाई पनि,
एक छाक खान धेरै लामो बाटो पनि धाँए आमा ।

मनले मागे जती मैले खान पाईन कहिलेयै पनि,
धनी बन्ने आशा बोकी झनै दु:ख पाँए आमा ।

ज्यान फाल्न सकियन एक चोटि पाएको जिबन,
दु:ख सास्ती धेरै पाँए फर्की घरै आँए आमा ।

बैरागी दाई ।

Monday, December 27, 2010

आफ्नै जिन्दगीको कथा


                                फूल भन्थे जिन्दगीलाई मरे पछि नाऊ केहों । 
                                जली सक्यों मुटु अब नसोध भो घाऊ केहों ।।

                                कहिले आँधी चली चली कहिले हुरी चली ।
                                फुल्नै नपाई डाली बाट झर्यो जिन्दगी ।।

                                दुखीयाको कर्म खोटो नचल्ने मोहर जस्तो ।
                                आफ्नै आसुँ बिष बन्यो भाबिको यो लेखा कस्तो ।।

                                एका देशाको कथा जस्तै झुट्टो जिन्दगी ।
                                बिधुवाको सिँउदो  जस्तो रित्तो जिन्दगी ।।

                                कहिले दुखी साँझ बनी कहिले रात बनी ।
                                बिहानीको आसै आसमा बित्यों जिन्दगी ।।

                               मोरङ नेपाल
                                         काली ।

Sunday, December 26, 2010

गजल

सधै आफ्नो साथमा हुने यो संसारमा कुन् छ
दिनमा घाम साथमा थियो रात पर्दा जून् छ।

हाम्रो मिलन विछोड पनि घाम जून जस्तै,
भन्ने जान्दा जान्दै किन आँसु बगाई रुन्छ।

छोडी जानै पर्छ आखिर मन दुखाउनु किन
तिमी साथमा नभएनि माया मनमा हुन्छ।

दुई चार वर्ष दु:ख गरि फर्की आउँछु भन्दा
तिमी भन्छौ दु:ख गरे आफ्नै देशमा सुन् छ।

जन्म्यौ हुर्क्यौ यही माटोमा नाम पनि दियो
भन्छौ तिमीलाई यो देशको कति धेरै गुन् छ।

सुवाश  गोरखा 

Friday, December 24, 2010

''गजल''

कसै कसै लाई जिउन रहर छ जिन्दगी,
कसै कसै लाई जिउन कहर छ जिन्दगी ।

कोही भेटिन्छन् हासी हासी जिउनेहरु पनि,
कसै कसै लाई जिउन जहर छ जिन्दगी ।

सुखि लाई रात पनि दिनझै हुँदो रैछ यहाँ,
कसै कसै लाई जिउन प्रहर छ जिन्दगी ।

जिबन देखी हरेस खाइ चाहना लाई मर्नेहारु,
लाई हेर्दा आत्मा हत्या गर्ने ठहर छ जिन्दगी ।

सुख सयलमा रम्न पाउछन भने मान्छेहरु,
पहाडमै बस्ने लाई पनि शहर छ जिन्दगी ।

बैरागी दाई
गोर्खाली


 
''गजल''


स्वार्थी यो दुनियाँमा नामको कुरा कसले गर्छ ,
लाख छोडि सय पचास् दामको कुरा कसले गर्छ ।

पिरतिको रोगले छुँदो रैछ फेरी दुनियाँ लाई ,
त्यतै भुल्छन सबै सबै कामको कुरा कसले गर्छ ।

माहुरिको पोलो जस्तै माँया पाए पछी यहाँ ,
कमिलाको ताँती जस्तो लामको कुरा कसले गर्छ ।

मन भरिका खुशीहरु लेखिएको चिट्ठी छोडि ,
दुईचार वटा शब्द भएको खामको कुरा कसले गर्छ ।

यही लेककी परी अरे नेपाल आमाकी छोरी पनि,
त्यै सितालाई छोडि छोडि रामको कुरा कसले गर्छ ।

काले दाई ।

Thursday, December 16, 2010

''गजल''

प्रणयका रातभरी जाडो मन पर्छ ।
खोला खोल्सा कन्दरा र डाँडो मन पर्छ ।।

शिशिरमा पतझर फूलभन्दा पनि ।
मीठो गरी दुखाउने काँडो मन पर्छ ।।

हिउदका दिन छोटा भन्थे बुढापाका ।
आजभोली सूर्य अस्त चाँडो मन पर्छ ।।

भोक कैले नभेटिने जति खाए पनि ।
साग सिस्नु मिसिएको फाँडो मन पर्छ ।।

अमूर्त हुन् संसारका अवयवहरु ।
निष्पिडित आकृतिको भाँडो मन पर्छ ।।

तेज बकस मिया
गोरखा नेपाल

Saturday, December 4, 2010

गजल

गजल


आज मलाई तिम्ले यक्लै पारेर के भो त,
गुलाब जस्तो मायाँ लाई मारेर के भो त ।

तिम्ले जित्यौ मैले हारेँ मायाको त्यो खेल,
मैले तिम्रो मायाँ सँग हारेर के भो त ।

ठाउँ थियो तिम्रो लागि दिल भित्र मेरो,
दु:खाइ गयौ मुटु मेरो चारेर के भो त ।

खुशी देख्न पाउछु भने जता गय पनि,
मेरो माया अन्तै तिर सारेर के भो त ।

बाचा कसम आखिर सबै तोड्नुनै त रैछ,
त्यो बेलामा मलाई सुनझै खारेर के भो त ।

संसार जिते पनि आखिर हार्यौ मायामा

गुलाब जस्तो मायाँ लाई मारेर के भो त ।

तेज 

बयापानी ।

''गजल''



घरमा खाने नुन छैन तिमी जूनको कुरा गर्छौ
पानी ओत्ने छानो छैन पोत्ने चूनको कुरा गर्छौ।

फाटी सके कपडा पनि चल्दैन कि यो वर्षलाई
सिउने सियो छैन यहाँ तिमी सुनको कुरा गर्छौ।

जिन्दगी भर साथ दिने साथी प्रति माया छैन 
छोडी जाने निष्ठुरीलाई सधै उनको कुरा गर्छौ।

रगतको नाता होईन नयाँ साईनो जोड्ने भन्दा
तिमी सधै उही पुरानो मात्र खुनको कुरा गर्छौ।

जतिसुकै जे भने नि आखिर छोडी गयो उसले
तर तिमी सधै त्यही एउटै गुनको कुरा गर्छौ।





सुवाश श्रेष्ट घ्याल्चोक गोरखा 




गजल


गरीबी लाई टप्प टिपी फाल्न सक्या छैन ,
फाटेका ति मन मुटु टाल्न सक्या छैन ।


नाना बाला रोइदिन्छन छैन खाना भनी ,
सुख सँग परिवार पाल्न सक्या छैन ।


ढिडो भात त छैन छैन नुन पनि छैन ,
शांझ पख सानो दियो बाल्न सक्या छैन ।


चाड बाड आइ दिन्छ रोइ दिन्छे छोरी ,
बर्सै पिच्छे एक सरो हाल्न सक्या छैन ।


धारा धारा पसिनका हुन्छु अगी बड्न ,
लर्खरिने पाइला मैले चाल्न सक्या छैन ।


तेज बकस मिया
बयापानी । 



गजल भन्दिनु ।



मेरो गाउ
बयापानी
गोर्खाको हर्मी गा बि स ।



बयापानी नामनै सुन्दर ,
...
पानीका ३ वटा धारा हरु
...

ठुला ठुला नाइसरका
रुखहरु



फेदमा पधेरो ।
ठुलो गाउ
तल बेसी फाट


चेपे नदिको किनरामा ठुलो बगर ..
बगरको नजिकै खेत
..............................
जङलको सिरमा घर
सालघारिको बन
...........................
लिगलिग कोट
राइनास कोट
......................
सडक जताततै
बिजुली बत्ती
गाउ भयपनी
सोचे भन्दा
रमाइलो
र सुन्दर ।




गजल


आज उसले एउटा बाचा गर्‍यो भन्दिनु,
बर्खा मासको असिनाझै झर्यो भन्दिनु ।


बाटो सबै उसको लागी बन्दै भयछन,
इस्वारीय जालमा आज पर्‍यो भन्दिनु ।


यै धर्तिमा बाच्ने इच्छा लाछ भन्दाभन्दै,
धर्ती छोडि अन्तै बसाइ सर्यो भन्दिनु ।


छाती भरी मुटु भरी तस्बिर साथमा,
त्यो कालिको चाहना नि टर्यो भन्दिनु ।


अगी सम्म घिटिघिटी सास लिदालिदै,
आउनै लाग्दा तिहार!काले मर्यो भन्दिनु ।


तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा ।


बिर्सननै नसकिने साथ हजुरको,
सुनुसुनु झैलाग्ने बात हजुरको ।



भुल्नकहिलै नसकिने कलकलाउदा,
समाइ रहन मन्लाग्ने हात हजुरको ।



पुर्णिमाको रात मलाई दाईजो दियको,
औसिको त्यो अधायारो रात हजुरको ।



सुनसान थियो त्योकोठा दियो पिलिली,
के बयान गर्नुछर मात हजुरको ।
तेज बकस मिया
बयापानी । 



किन होला




मै संगपो बिहे गर्छु भन्छे किन होला

हैन भने झुन्डियर मर्छु भन्छे किन होला !

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु

रमाई रमाई वरिपरी चर्छु भन्छे किन होला !

अप्सरा सुहाउन्न म संग भन्दा पनि

मेरै मनमा डेरा सर्छु भन्छे किन होला !

माया यो भेल हो बगाएर लग्ला भनि

सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला !

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा

अपहरण गरेरनी हर्छु भन्छे किन होला !





ईन्द्र थापा मगर
हर्मी १ बयापानी
गोर्खा ।





चाहे कस्तो होला

  गजल

मैले जस्तै उसले पनि चाहे कस्तो  होला,

मंसिर मै कालेको घर आए कस्तो  होला ।

 

कती बस्नु एउटै ठाउँ अब बसाइ सार्ने हैन ?

आफ्नो छोडि मेरो गाउ धाए कस्तो  होला ।

 

बिरहका भाका सङै न्याउली सँग कती गाउछौ !

अब पञ्चे बाजा सँग गाए कस्तो  होला ।

 

उमेरले बिदा दियो  अरे लाउन टि-सट जामा ,

चुरा पोते साडी चोली लाए कस्तो होला ।



अमीन


गजल



हल्का हल्का जाली कुरा गर्छौ अरे त !
रिस राग पाली कुरा गर्छौ अरे त !




मुटु भरी साचेको त्यो माया कहाँ गयो ?
दिल बाटै फाली कुरा गर्छौ अरे त !


आगो जस्तै जल्दा खेरी मन हरर,
तेस्मै तेल हाली कुरा गर्छौ अरे त !


माया मैले दियको थिय लिइ नसक्नु,
किन यस्तो काली..!कुरा गर्छौ अरे त !


तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा


 
गजल

सबै लाई जित्न खोज्दा हार्ने उस्तै म,
फलाउन खोज्दा बोट मार्ने उस्तै म ।

लटरम्म बोडि हरु फली रहने खेतमा,
चोर्न भनी बारी बारी चार्ने उस्तै म ।


फल जती सकियछ खाइ अरुले नै,
सकियसी काडे बारले बार्ने उस्तै म ।

अझै पनि आसा राखी बारी रहन्छु,
ओईलियको बोट लाई सार्ने उस्तै म ।

सधैं लुकी खादा खेरी चाल पाय अरे,
काले चोर घरमा गाल पार्ने उस्तै म ।

अमीन



सम्जियौकी

फेरिलायो बादुली नाउ सम्जियौकी ?
संगैबसी गीतगाको ठाउँ सम्जियौकी ?

शहरतिर झरेकोनी भयो दुइचार बर्ष,
बल्लआज यो कालेको नाउ सम्जियौकि ?

 
गजल


कसैको यो सम्झनाले चुहियो आसु आहाल भाछ,
सोचेकोथे के जिबनमा लाथालिङ बेहाल भाछ ।।


उमेरले नेटो काट्यो कोल्टे फेर्यो जिबनले ,
सम्जियर रुदारुदा पोखरी झै ताल भाछ ।।


धेरै बर्ष बितेजस्तो लाग्थेयो मलाई पर्देसमा ,
यसो हिसाब गरेकोत भर्खर यक साल भाछ ।।


के सोचेथे जिन्दगीमा के के भयो आज फेरी ,
थाछ मलाई ममाथिनै कोइकसैको जाल भाछ ।।
काले

गजल


जतापनी स्वार्थइस्वार्थ विश्वाश जती टुटिगयो,
आफ्नोमुटु आँफैसँग  खै कसरी छुटिगयो ।


 
बिबसता भन्नेहोकी कैदिबन्ने बाहना यो ?
मुटुमेरो टुक्राटुक्रा बनाइ कस्ले लुटिगयो ।


 
केसोचेथे जिन्दगीमा के के भयो आजयाहा,
चक्नाचुर भइसबै सिसासरी फुटिगयो ।




काले गोर्खाली ।


 
आफ्नोजिबन देखिआज आँफैलाई घिर्नालाग्छ,
मेरोभाग्य बगिजाने खोलासँग जुटिगयो ।।
गजल

माया भन्ने चिजै यस्तै जातै बैगुनी,
जाने बाटो छेकी दिने रातै बैगुनी ।

कुरा गर्दै गयो फेरी उतै मोडिन्छ,
बोली पनि लजालु छ बातै बैगुनी ।

नबजेनी हुने थियो पात बजाउदा,
तिम्रै धुनमा बजिदिन्छ पातै बैगुनी ।

न भएनी नहुने!रे साथ मायाको ,
संसार नै भुलाउने साथै बैगुनी ।

जिस्क्याउने गिज्याउने बानी परेसी,
सुस्त सुस्त मताउने मातै बैगुनी ।

एक चोटि नहेरेत सुत्नै नसक्नी ,
फोटो माथि चिट्ठीको खातै बैगुनी ।

तेज बकस मिया
हर्मी १ बयापानी

गजल

दिन दिनै देखी रहने सपनी कस्तो,
उसकै रुप देख्छु खाली मपनी कस्तो ।

बिर्सनको लागि जती कोशीस गरेनी,
हर घडी उसकै नाम जपनि कस्तो ।

बात मार्दै जादा बिट मर्छ कुराको ,
त्यस्मै दुइटा बढी कुरा थपनि कस्तो ।

लह लह फुलि राको धानको बिचमा,

न सुहाउदो कोदाको त्यो  कपनी कस्तो ।


भिन्दा भिन्दै फलेपनी खेती मायाको,
छुट्टीएको माया जोड्ने र!पनी कस्तो ।

तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा ।





शिकारीको गोली बाट घाइते भाको चरी हुँ म,
पहाडकी रानी अनी त्यै लेककी परी हुँ म ।



मनभित्र आगो लाग्दा सितलता दिलाउने ,
हिउजस्तै चिसो चिसो साउनको झरी हुँ म ।



छताछुल्ल भई बग्ने नसा नसा रगत को,
अन्जुलिमा थापि राख बर्खे भेल सरी हुँ म ।



दुइपैसामा कही कतै बिक्ने मेरो इच्छा हैन,
आफ्नै पाखा पखेराको औषधीको बरी हुँ म ।

कालि

कोही कोही यसो गर्छन् मायाको लागि ।



गजल

सुस्त सुस्त बोलेपनी सुन्छ भन्दिनु,
सम्झना ले टोलाउदै रुन्छ भन्दिनु ।

हासो खुसी झारी लयो चैते हुरिले,
एकान्तमा बसी कुरा बुन्छ भन्दिनु ।

साथी सङी वरी परी कुरा गर्दा नि !
काले सधैं तिम्रै कुरा गुन्छ भन्दिनु ।

नसा भित्र डुली हिन्ने कण कणमा,

शरीर भित्र सत्ते तिम्रै खुन्छ भन्दिनु ।


तिम्रो लागि हासी हासी मर्छु भन्छरे!
ज्यानै फाल्न परे पनि हुन्छ भन्दिनु ।

बैरागी दाई ।



मेरी आमा

हसिया र नाम्लो सँग प्रिती लाउछिन मेरी आमा,
बिरहको भाका सँग गीत गाउछिन मेरी आमा ।

डुब्न लाको घामा जस्तै भयपनी उमेर उनको ,
दमको ब्यथा स्वा स्वा गर्दै मेला धाउछिन मेरी आमा ।

जाने बाटो ओरालो छ तेती गाह्रो नहुदो हो ,
फर्कदा त उकालो छ राती आउछिन मेरी आमा ।

दिनै भरी शाहुको मेला चियाको त्यो पात टिप्दै,
दिन्छ ज्याला २० रुपैया रमाउछिन मेरी आमा ।

तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा ।
 

रामचन्द्र कार्की

 

गजल

तिमी सगै फेरी दिउला सास पिरतिको,
जुनि भर एउटै घर बास पिरतिको ।

प्रेमको यो रोगै चर्को जता जाउ तिमी,
हरियाली उमार्दिउ कि घास पिरतिको ।

तिम्रो माया पाए टर्छ निन्द्रा भोक मेरो,
लुपु लुपु खुवाइदेउ न गास पिरतिको ।

यती गर्छै तिमीले माया उती मैले,
नदेखिने नछोइने मास पिरतिको ।

तिम्रा लागि म मर्ने मेरा लागि तिमी,
जिन्दगीमा हामी सबै दास पिरतिको ।
रामचन्द्र कार्की
आपपिपल -४, राईगाउँ गोरखा