तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Saturday, January 22, 2011

बयापानी ठुला गाउको मुस्लिमहरुको पवित्र धार्मिक स्थल ( मस्जिद )




सलामअलैकुम वरहमतुल्लाही वबरकातुहु ।

        मुस्लिमहरुको धार्मिक स्थानको रुपमा रहेको मस्जिद नयाँ र सुन्दर भएपनी मदर्सा जिन्ण    अवस्थामा पुगेको छ । मुस्लिमहरुको धर्मिक स्थलको रुपमा रहेको मस्जिद र मदर्साको सहि सदुपयोग हुन नसकेको होकी ! यसमा मुस्लिम कमिटिको लापरबाही हो भन्ने थुप्रै उदाहरण पनि आइरहेका छन, अर्को तिर मुस्लिम्हरुको महान पर्ब इदको समयमा नमाज पढ्नको लागि इदगाहाको लागि पनि ठाउँ साँगुरो भएको त्याहाका बासिन्दाको भनाइ रहेको छ । यस्तो हुनुमा मुस्लिम हरुकै कमजोरी र सम्बन्धित निकाएको दृष्‍टि नपुगेको खुलस्त भएको पाईन्छ ।

Wednesday, January 5, 2011

गजल ब्याङ्य



हामी बाटै चुनियर नेता बन्छौ तिमी,

त्यसपछी देश पुर्ने खाल्डो खन्छौ तिमी ।

कालापानी जस्ता ठाउँ लग्यो भारतले,
खुकुरी र बन्दुकले मार्छु भन्छौ तिमी ।

दुई चार महिना चलाऊन नसकेर देश,
बन्चरोले आफ्नै खुट्टा फेरी हान्छौ तिमी ।

दश बर्से आन्दोलनमा सत्ता पाए पनि,
जङल बाट आयौ फेरी जङल जान्छौ तिमी ?

फेरी पनि जङल जाने कुर गर्यौ भने ,
सयौं लियर आयौ होला दश लान्छौ तिमी ।

काले दाई ।


बिदेशको यात्रा

 
 

कार्तिक १९ को दिन
     आज त घर छोड्ने रात, मन भरी कुरा खेलेर बैरागी निदाउनै सकिरहेको थिएन । कता कता बिहानी पख निदाएछ । एकै छिनमा बाबाले बाबु उठ भनेको आवाज उसको कानमा पर्छ । बिउँझीएर कोठाबाट बाहिर निस्कन्छ अनी उसको मनमा बिभिन्न किसिमका कुराहरु मनमा खेल्न्न थल्छन्  । ऊ आँफैमा नरमाइलो मान्दै हात मुख धुन जान्छ । यसपछी उसको आँखाबाट आसुँ बग्न थाल्छन् । ति बुढी आमा आगनिमा रुदै बशेकी हुन्छिन, आमातिर हेर्छ झनै रुन थाल्छ । क् गरोस् गाउमै बसेर पनि बिहान बेलुका हात मुख जोर्नको लागि पनि धौ धौ छ । भलेको डाको सँगै ऊ आफ्नो गन्तब्य तिर लाग्न खोज्छ तर पाइला अगाडि बड्दैनन । परिवार सबै रोइ रहेका हुन्छन ऊ पनि रुदै सबै सँग बिदा भएर आफ्नो बाटो समाउछ ।             
     बाटोमा देख्ने हरु पनि रुदै बाइ बाइ गर्दै हुन्छन किनकी ऊ सबैको प्यारो थियो होला शायद । उसलाई बाटो सम्म छोड्नको लागि धेरै जना आउनुहुन्छ । अनी फर्केर जानुहुन्छ बिच बाटोबाट । ऊ झनै दुखी हुन्छ किनकी उसको बिदेशको यो पहिलो यात्रा थियो । एक रात बाटोमा बास बसेर भोली पल्ट ३ बजे जहाज मा चढि आफ्नो कार्य स्थान तर्फ लाग्छ । रातको १ बजे एअरपोट उत्रन्छ । ऊसलाई लिनको लागि एक जना सेतो भेस लगाएको मान्छे आउछ । अनी भन्छ how are u ? उसले उत्तर दिन्छ । अनी अरु त नजान्दो रहेछ अङ्रेजी बोल्न अनी अरबी बोल्न थाल्छ  अब ऊ अक्क न बक्क हुन्छ केही नबोली गाडीमा राखेर लैजान्छ । एउटा कोठा देखयर ईशाराले यहाँ बस बन्छ ऊ टाउको हल्लाउछ किनकी उसलाई बोल्नै आउँदैन । एउटा कोठा खाट माथि एउटा डसना मात्रै ओड्ने त छैन । यतिकै बस्छ राती एउटा मान्छे आयर तेही कोठामा सुत्छ । भोली पल्ट बिहानइ उठेर काममा जान्छ अनी काम नै जान्दैन अनी गाली गर्न थाल्छ के के भन्छ भन्छ उसले बुज्दैन । यसरीनै एक महिना बिताउछ अनी पैसानै दिदैन कामा गरे बापत । के गरोस् बोल्न जान्दैन जे गरेपनि सहनु पर्ने । जब दुई महिना बित्छ अनी उसलाई तलब दिन्छ नेपालमा भने भन्दा आधा । अनी उसले धेरै दु:ख पाउछ । एकदिन गाडीमा चड्न लाग्दा यात्रु धेरै हुन्छन उसको पैसा ब्याग छोरी हुन्छ अनी उसले धेरै दु:ख पाउछ । कती दिन त उ खाना पनि खान पाउदैन कोही चिनेको हुँदैन आफ्नाले पनि यतिखेर सहयोग गर्दैनन । उ साह्रै दु:खमा पर्छ । धनी भन्ने आशा राखेर बिदेस जान्छ झनै गरीब हुन्छ उ बिदेसमा ।

बैरागी
काले दाई ।

Monday, January 3, 2011

कबिता



                                            देबी देबतालाई साचि राखि
                                            तिमीलाई आफ्नो बनायको थिए ।
                                            आत्म हत्या गर्छु भन्दा
                                            बाबा आमालाइ मनाएको थिए ।।
                                            आफ्नै मनलाइ सोधि हेर
                                            मलाइ दोसी ठान्छौ भने |
                                            स्वार्थि संसार छोडिदिन्छु
                                            तिम्ले सुख पाउछौ भने |।
                                            हिजो सम्म माँया गर्थेउ
                                            कालि भनि भनि |
                                            आज माया अन्तै सारेउ
                                            साथि छानि छानि  ||
                                            सबैथोक त्यागी तिम्लाइ
                                            जिबन अर्पन गरे मैले |
                                            आज मेरो आसुँ बग्दा पनि
                                            तिमी हाँस्छौ अहिले ||
                                            तिमी आफै भन्ने गर्थेउ
                                            सँगै जिउला सयौ जुनि |
                                            मैले ज्यानै दिँदा पनि
                                            किन घात् गरेउ बैगुनी ?


                                            उदाशी काली
                                            मोरङ नेपाल ।



तिम्रो माँया
मुटु भरी चोट पाँए तर पनि भो भनिन,
मत तीम्रो हैन भन्यौ मैले पनि हो भनिन ।
चिन्दिन म भन्यौ अरे मेरो बारे सोध्धा खेरी,
सम्झना छ भन्दे भन्दा बुझीहालेँ को ? भनिन ।