तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Tuesday, November 30, 2010

बयापानी

                 बयापानी गाउ सुन्दर र मनमोहक छ भन्दा फरक नपर्ला ।
यहाँ निरन्तर रुपमा ३ वटा धारा बाट पानी बगिरहन्छ । हिउद बर्खा
उस्तै रुपमा बगिरहने पानीले गर्दा जनतालाई पानीको अभाब भयको
छैन भन्न मिल्दैन । किनकी पानीको स्रोत भयर पनि राम्रो सदुपयो-
ग भयको छैन । यो पानीको राम्रो सदुपयोग गर्ने हो भने जो कोही --
पनि खाने पनिको समस्यामा अल्झिरहन पर्दैन । कारीब ४ किलोमि-
टर वारीपरिका जनताले उपयोग गर्न सक्ने पानी तेसै खेर गैरहेको  ।
यक्काइसौ शताब्दिका जनता भयर पनि पुर्खाको फलो गर्दै आइरहेका
छन  यहाँ । खै कहिले बिकास हुनेहो यस्तो चालाले हाम्रो गाउ देश ।
भयका स्रोत र साधनको सदुपयोग गरी प्रयोग गर्न मिल्दैन भनौ वा
दिदैनन भनु । यहाँ यस्तै छ । कोही कोही यही खाने पानीले सिँचाहि
गर्छन् कसैलाई पिउने पानी लिनको लागि घण्टाको बाटो जानुपर्ने बाध-
याता छ । जो ठुला बडा बन्छन उनिहरुलाई पुगेकै छ, जसलाई बोल्न
पनि दिइदैन उनिहरु यस्तै बिबसतामा बाँच्न बाध्धय छन । यसको -
बारेमा अब केही पहल गर्ने र गरिदिने होकी ?  यस्तो  समस्या आहाले-
का जनता र पाण्डे गाउका जनता र बयापानिका जनताले भोगी रहेका
छन ।

हाम्रो चम्पावती नदी ( चेपे )

                सुन्दैमा सुन्दर नाम छ दुध पोखरी । दुध पोखरी बाट
सुरु भइ चेपे घाट अर्थत मर्स्याङदीमा पुगेर मिसिन्छ । शुरुको
नेपालका राजा द्रब्य शाह र नरहरी शाहको सिमानाको रुपमा
चेपे नदी रहेको थियो । दाजु नरहरी ले भाइ द्रब्य लाई दुई--
वटा राज्य नै दाइको हुनुपर्छ भन्ने अडान लिय पछी दाजु -
भाईको बिचमा झगडा भयको थियो । यसपछी उनिहरुकी -
आमाले झगडा रोक्नको लागि आफ्नो दुधको धारा चेपेको -
मुहान दुध पोखरिबाट बगाइ आमाको दुध नाग्न नपाउने --
बनाइ दाजु भाईको बिचको झगडा रोकेकी थीइन् । जसबाट
यो चेपे नदी पवित्र जलको रुपमा रहेको छ । तिर्थालु हरु
बर्षको यक चोटि यसको सिर मा नुहाउनको लागि जाने
गर्दछन ।
             यो नदी अरु नदिहरु जस्तो फोहर र धमिलो पानी
छैन । सफा निर्मल पानी बगिरहन्छ । लिग्लिग्कोट र -
राइनस्कोट को फेदिबाट यो नदी बगेको छ ।

Monday, November 29, 2010

हाम्रो गाउंको स्कूल श्री शिखर ज्योति प्रा . बि



हाम्रो गाउंको स्कूल
श्री शिखर ज्योति प्रा . बि .  
हाम्रो सानो स्कूल ले हाम्रा बिकसित् नै भन्न पर्छ, यस्ता बिद्यार्थी उत्पादन गरिरहेको छ । जहाँ आध्यान गर्ने जो कोही पनि अशफल् भयको देखिदैन । यस्को देन भनेको शैछिक बाबु आमा र गुरु हरुको देन नै हो । प्रा . बिका गुरुहरुले बिद्यार्थी हरुको उज्जल भबिस्यको लागि समयको सदुपयोग गरी
गुण्स्तर् शिक्षाको सथापना गरी बिद्यार्थी हरुले राम्रो शिक्षा हासिल गरेका छन ।
                                     ५ गुरुहरु रहेको सो बिधालयमा समयको हिफाजत गरी पठन पाठन कार्य हुन्छ ।
सुरुमा सो बिधालयमा बनका स्याउलाले छाइयको थियो । डेक्स बेन्च पर्याप्त मात्रमा थियनन । बर्षा हुँदा बिधायालय बन्द गर्नु पर्ने हुन्थेयो भनेर भन्नु हुन्छ प्रधानध्यापक नारायण पाण्डे । हाल आयर यो बिधालय सम्पन्न साली बनेको छ । खेल्ने मैदान,डेक्स बेन्च,पिउने पानी, चर्पी को राम्रो ब्याबस्था छ । यस्तो हुनुमा हाम्रा गुरुहरु र समितिका सम्पूर्ण सदस्यहरुलाइ सलाम दिनै पर्छ ।

तेजबकस मिया
हर्मी १ बयापानी
गोर्खा । 

Tuesday, November 2, 2010

आफ्नै गाउ घर पाखा पखेरा

        
       आज फेरी कताकता बाट आफ्नै गाउ घर पाखा पखेरा हरुको
अनायासै सम्झना    आउँदा मेरो मन भित्र देखेनै रसायर आउछ ।
के गर्नु जिन्दगीको गोरेटोमा हिन्नै पर्ने । बनपाखामा गाई बाखरा
चराआउँदै सालको   पात बजाउदै     चरिहरुको चिरबिर  सङै उनिहरु
सङै आबाज मिसाउदै      गीत गाउदै कती रमाइलो हुन्थेयो । अनी
गोठाला    गोठल्नीहरुसङै जिस्स्किदै      हिनेको बगैचामा गयर आप
हल्लायर झर्दा पाकेको मलाई भन्दै झगडा गरेको अनी गोठालोमा
खाजा खादा चाउचाउको नुन पनि आदी आदी खाको ! अहो ! गर्मी
हुँदा चेपेखोलामा पौडी खेलेर साज घर आउँदा उकालो बाटो थाकेर
लखतरान । मेला पात हिन्दा जिस्किदै रमाइलो गरेको सम्झनाले
सताइरहने । अब त ति दिन फर्केर आउँदैनन होला । ठिकै छ
नि जिबनको दौडानमा दौडनै पर्ने यस्तै रहेछ जिन्दगी समय सङै
परिवर्तन हुनुपर्ने ।
                         आमाले पकायर दियको खानेकुरा खान कती मिठो
हुन्थेयो     सम्झँदा   
पनिमुख रसायर आउछ । आज भोली त सङी
साथी हरु कता कता पुगे होलान है ?
           कोही छोराका बाउ त कोही बच्चा का माउ भय होलान ।

Monday, November 1, 2010

एका देशको कथा (२०६१-०४-३१)


उ एउटा गरीब परिवारमा जन्मेको केटा हो । जिन्दगीको दौडानमा दौडिदै जादा
नानाथरी जालहरुमा फस्दै जान्छ । यस्तैमा साउनको ३१ गते घर छोडेर बाटो-
सम्म साथी लाई पुर्याउन जान्छ । कारीब दिनको ३ बजेतिर साथी सँग बिछोड
भई फर्कन्छ । घर अाइपुग्दा रातको ९ बजिसकेको हुन्छ सबै तिर सुनसान ।
रातै भरी सुनसान, बिछोडको पिडा कसरी निन्द्रा परोस बिहानी मिर्मिरे उज्यालो
हुन्छ । बिहानै मेला जान्छ । तेइ दिनदेखी बिरामी पर्छ । १० दिन पछी अस्प-

तल लगिन्छ । ब्यथा पत्ता लाग्दैन , घर फर्काइन्छ । धामी झाक्रिको उपचार् पनि
लाग्दैन । फेरी एक हप्ता पछी अस्पातल लगिन्छ ! अझै पत्ता लाग्दैन ब्यथा ।
तेसपछी पाटन अस्पातल काठमन्डौ लाई चिट्ठी लेखिदिन्छ । २१ गते तिजको

दिन अस्पातल लगिन्छ । इमर्जेन्सी रूममा लगिन्छ । भाग्य बस गाउकै डक्टरको
शाहयता मिल्छ । तुरुन्तै अप्रेसन हुन्छ । अप्रेसन पछी उसलाई कुनै बेडमा लगेर
सुताइन्छ । अझै सन्चो हुँदैन । ३३ दिन पछी घाऊ पाकेर फुट्छ । पिप र रगतले
सबै बेड भिज्छ । नर्स हरु आयर निचोरेर २ लिटर पिप र रगत निकाल्छन ।
बल्ल अली सन्चो भयको महसुस हुन्छ । अस्पातलमा उसको खुट्टामा पित्तलको
२ फिट लामो रड राखी बर्मालेछेडेर २० लिटर पानी राखेर झुन्ड्याइयको थियो ।
बेडले पोलेर शरीरको छाला सबै उक्कियर गयको थियो । उ यता उता पल्तन
नसक्ने थियो । जे होस् उसले जिबनमा रमाइलो सँग बिरामी दिनहरु बितायो ।
कारीब ७० दिनको अन्तराल पछी उसलाई घरतिर फर्काइयो । बाटोमा उसलाई
बाबा र भाई ले मर्यो भनेर छोडेका रे ! जिबन ....
          कस्तो अनौठोको जिबन   
कसैले पनि बाच्छ नभनेको मान्छे आज सबैको सामु उभियको छ । दु:खमा कोही
पाइदैन रहेछ भन्ने शिक्षा उसले यहाँबाट पायो । गाउलेले बाट उसले सक्दो मद्घत र
शाहयोग पायो तर उसलाई आफ्नले नै ।
                     उ भन्छ म सबै सबैको ऋणी छु मैले शायद कसैको पनि गुन तिरेर
सक्दिन होला तर पनि कोशीस भने गरिरहने छु ।
               उ भन्छ शिक्षा पढेर मात्र होइन परेपछी धेरै पाइदो रहेछ ।