तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Saturday, February 19, 2011

छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी

छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।

छोटै लुगा किन्नु पर्ने किन छानी छानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
फेरी यस्तो गजल मैले लेख्नु नपरोस,
तिम्रो भित्री गन्जी बाहिर देख्नु नपरोस ।

छोप्दैमा के रित्तिन्छ र त्यो रूपको खानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
बैंश आको छ भन्दैमा उम्लिएर हुन्न,
पोखिएर झरेपछि कसैले नि छुन्न

मैले भन्या कुरा मान राम्रो अर्ति ठानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
छोपी ओरी लुगा लाउने गर अब बानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी
elamjung.com

Tuesday, February 1, 2011

अनुभब

       खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्या_िन्सल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए, तर त्यस दिन भने त्यस्तो भएन दिनको करिव १ बजे म अबुधावीबाट काठमाण्डौकोलागि प्रस्थान गरे । नेपाली एयरलाईन्स भएको हुँदा प्लेनमा सबै नेपालीनै थियौ र एयर होस्टेज पनि नेपालीहरुनै थिए । म सबैभन्दा पछाडीको सिटमा बसेको थिए एयर होस्टेजहरुले कुरा गरेको सबै सुन्न सक्थे । उनिहरु मध्ये एकजनाले प्लेनमा यात्रा गर्दा आपत पर्दा सिट वेल्ट बान्ने तरिका नेपालीमा र अंग्रेजीमा गरी खरर पढे । पछि उनिहरुले कुराकानी गर्दा मेरो कानमा उनिहरुको शब्दहरु ठोकियो । कस्ति मोरी लेखेको पनि खरर पढ्न नसक्ने बिचमा अड्केकी अर्किले भनिन् के गर्ने त भर्खरै सिक्दै त होनी अब यस्तो हुदैन । यस्तै यस्तै कुराहरु उनिहरुले गरे । म भने सबै यात्रुहरुसँग भलाकुसारी गर्न लागे । प्लेनमा करिब ५० जना जति मात्र थियौ । त्यसमा पनि करिव २० जना जति नेपालीहरु विभिन्न समस्याहरुले सताईएर क्या_िन्सल नेपाल फर्कदै थिए । उनिहरुको तितो कथाले मेरो मन चसक्क चस्केको थियो । प्लेन खाली भएको हुदाँ म सिट बदली बदली बसे । एकैक्षणपछि एयरहोस्टेजहरु पानीको बोत्तल र केही खानेकुराहरु लिएर आए । मेमो सिटको पछाडी राखिएको छ हेर्नुहोला भन्ने आदेश दिए । बाफ रे मेमो हेरेको त दङ्ग परे । १५ रुपैया पर्ने पानीको नेपाली ६० वाई वाई चाउचाउको पनि ६० यूएईको मुद्राको तुलनामा पनि धेरै महङ्गो लाग्यो । बजेट एयरलाईन्स भएको हुनाले खानाको ब्यवस्था थिएन । प्लेनको सिसाबाट बाहिर चिहाउदा साच्चिकै हामी स्वर्गकै बाटो हिडिरहेका छौ कि जस्तो वातावरण थियो । निलो आकाश मुनी हामी थियौ त हामी भन्दा मुली विभिन्न आकारले थुप्रेको कुहिरोको बनावटी चित्र । उत्त चित्रले मन मग्न बनाएको थियो भने अझै तल समुन्द्र तथा मरुभूमी अलि अलि ठम्याउन मात्र सकिन्थ्यो । करिव साढे तिन घण्टाको यात्रामा प्लेनका झयालहरुबाट बाहिरको दृश्यले हामीलाई भुलाईरहेको थियो । विस्तारै हामी नेपाल भूमिमा प्रवेश गर्न लागेका रहेछौ । बाहिरी मौशम अहिले बदलिएको थियो हरिया डाँडा र पाखे खेत बारीले अति मनमोहक दृश्य देखिईरहेको थियो त्यसैले पनि अनुभव लगायौ हामी नेपाल भूमिमा प्रवेश गरिसकेका रहेछौ भन्ने । साँझको करिव ६ बजे हामी काठमाण्डौ अन्तराष्ट्रीय धावन मार्गमा उत्रियौ । प्लेनबाट उत्रिदा एयरहोस्टेजहरुले नमस्कार फेरी पनि यात्रा गर्नुहोला भन्दै थिए । मैले प्वाक्क भनिदिए यात्रा त गर्ने हो तर नेपालीकै प्लेन भएको हुँदा सिटमा अरबी अंग्रेजी पत्रिका होईन एक एक वटा नेपाली पत्र पत्रिका साथै नेपाललाई चिनाउने पर्यटकिय सम्वन्धि पुस्तक पनि राख्ने भन्नुहोला तपाइको म्यानेजमेन्टलाइ । एक जना एरहोस्टेजले हुन्छ भनीन् तर अर्को पटक यात्रा गर्दा पुस्तक हुने हो की होईन खै ।
           मेरो मुटु गर्भले ढक्क फूल्यो किनकी म गणतान्त्रिक नेपालमा पहिलो पाहिला राख्दै थिए । अर्को पालीको छुट्टिमा अवस्य देशले विकासको मुल फुटाउने छ म जस्ता लाखौ प्रवासी नेपालीहरुलाई स्वदेशमानै बस्ने अवसर प्रदान गर्ने छ । अध्यारो छाएको र अन्तराष्ट्रिय विमानस्थल भन्न पनि नसुहाउने नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल पनि परिवर्तन हुनेछ । यस्तै यस्तै कुराहरु सोच्दै म बाहिरिए । जलश्रोतको खानी भएता पनि भित्र अन्धकार छाएको थियो । मधुरो बत्तिको उज्यालोमा कर्मचारीहरु आगमन स्टिकर टास्दै थिए । हामीहरु आएको रेकर्ड पहेलो सानो पानामा बाहेक अन्य कतै राखेजस्तो लागेन । झोला लिने ठाउँमा पुगे र ट्रलीमा झोला राखेर ट्रली गुडाउदै म बाहिर निस्कन थाले । बिच बिचमा सेक्युरिटी चेक गर्ने सुरक्षाकर्मिहरु थिए तर एक ठाउँमा पनि चेक गरेनन् । झोलामा के थियो कम्प्युटरबाट पनि जाचँ गरेको देखिएन । कम्प्युटरबाट जाँच गर्ने मेशिन लोडसेडिङ्गको कारण बन्द जस्तो लाग्यो लिपुट पनि बन्द थियो सायद लोडसेडिङ्गले नै हो भन्ने सोच्दै म बाहिर लागे । पहिलो चोटी मलाई लिन एयरपोर्टमा मेरी श्रीमती......आएका थिए मैले आँखा डुलाउदै थिए परबाट हात हल्लाएको देखे मन कपासझै फुरुङ्ग भयो । छोटो समय मात्र बिछोड भएता पनि कतिवेला भेटौ जस्तै भाको थियो । जव म एयरपोर्टको बाहिर निस्के मलाई त बौलाहा कुकुरले झम्टेझै झम्टीन आईपुगे । प्रवासमा भाडाका साधनहरु लाईनमा बस्ने चलन थियो यहाँ त तछाड मछाड हुदाँ अचम्म लाग्यो कहिले सुध्रने होला बिहानीकोबैषाख महिना भएको हुनाले बाहिरी मौशम केही गर्मि थियो । करिव बिहानको १० बजे हामी नयाँ बसपार्क पुग्यौ र बेशिसहर जाने बसमा चढ्यौ । काठमाण्डौदेखि करिव १ सय ३० किलोमिटर मात्र थियो हाम्रो गन्तब्य तर करिव ४ घण्टा यात्रा गर्नु पर्ने थियो । विदेशका ठाउँहरुमा १ सय ३० किलोमिटर भनेको साढे एक घण्टाको यात्रा थियो । खाडी मूलुकमा खजुरका बोटहरुमात्र देखिएको आँखाले हरियाली वातावरणहरुको अवलोकन गर्दा बसको झ्ायालबाट आँखा सधै बाहिरनै हुन्थ्यो । करिव ६ महिनाको बिछोडमा तड्पिएका मेरा छोरीहरु मलाई अँगालो हालीरहेका थिए । बिस्तारै हामी थानकोटको ओरालोलाई थिचोल्दै अगाडी पुग्यौ । मलाई पहिलो पटक विदेश जाँदा खेरी भएको पिडाको सम्झना आयो । डुम्रेबाट काठमाण्डौ आईपुग्दा करिव १० ठाउँमा उत्रेर चेक गर्दै ४ घण्टाको बाटोमा १० घण्टामा काठमाण्डौ आएको । अहिले त देशकेा अवस्था केही बदलीएको छ । कहि कतै नरोकिकन हामी दिनको करिब साढे दुई बजे डुम्रे बजारमा उत्रियौ ।
             झिसमिसेमा हामीनिस्कियौ हो खाडी राष्ट्रबाट पनि यति छिट्टै आउन पाउने । हुन पनि किन अचम्मित नपरुन गाउँबाट खाडी छिरेकाहरु बर्षौ वित्दा पनि फर्केका थिएनन् । केही ठाउषमा अवरोध खडा भएतापनि सजिलै घर सम्म आईपुग्यौ । भर्खरै बसन्त ऋतुको आगमन हुन लागेको हुनाले वर परका रुखका पातहरु पलाउने क्रम जारी थियो भने बाटोमा औसेलु हाडे काफलका बोटहरुमा लटरम्म फलेका फलले मुखै रसाएको थियो । कुनै जमानामा डुम्रेबाट घर सम्म आउन ५ घण्टा लाग्थ्यो भने अहिले १ घण्टामा आउन सकिने । गाऊँ भए पनि कति छिटो बिकासले फड्को मारेको । बाटो मात्र नभएर अहिले गाउषमा बिजुली टेलीफोन पानीको पनि पहिलाको भन्दा धेरै सुविधा भएको छ ।फोन गर्न पनि लामो लाईनमा कुरी बस्न परेको पिडा मेरो मानसपटलमा ताजै थियो । आज घरको आगँनबाट गाडी हिड्न थालिसकेको छ हप्ताको केही समय लोडसेडिङ्ग भएतापनि बिजुली बत्ती घरमानै पुगेको छ भने प्रत्येक घरमा टेलीफोनका सुविधाहरु छन् । पहिला पहिला काल्ला माथी वा जंगल भित्र जानु पर्दथ्र्यो पेट साफ गर्न अहिले प्रत्येक घरमा आ-आफ्नै सुविधासम्पन्न टवाईलेटहरु निर्माण भईसकेका छन् । १० बर्षको अन्तरालमा गाउषले यिनै विकासको फड्को मारेछ । अब आउने १० बर्ष भित्रमा सायद मेरो गाँऊ कुनै सुविधा सम्पन्न सहर नहोला भन्न सकिदैन ।

नातिकाजी मिया ।


घरको सम्झनामा एउटा लेख ।

   
               
      आँखाबाट अबिरल बर्षाको झरिझै आसु बर्षाउदै जती बेला म आफ्नो गन्तब्य स्थान तिर प्रस्थान गर्नलाई झोला उठाउछु ,अनी मेरी उनिसँग बिदा लिन खोज्दै मेरो आँखाबाट बगेको बर्षाको भेलले मेरो मन लाई झन बढी उकुस मुकुस बनाइ दिन्छ झन तेसैमा उनको रुवाइले मेरो हृदय पग्लेर धैरताको बाध फुटेझै छता छुल्ल हुन पुग्छ,
                      बर्षाका खहरे को भेल झै बगेका ति आशुले मेरा बाटोलाई अबरोध गर्न खोजिराखेको थियो , तर के गर्नु समय र परिस्थितीलाई पार गर्दै म मेरी उनिसँग बिदा लियर निस्कन्छु हृदय भरी गहिरो चोट र आखामा आसु भय पनि मनिस हरुको माझमा भने आफ्नो अनुहारलाई कृतिम हासोमा परिवर्तन गदै छाती भित्र उर्लेको बर्षाको खहरेको भेल लाई पनछाउदै,मुग्लान्को बाटो लाग्दछु,कती बिचित्र  छ यो संसार मेरो मनमा लागि राखेको थियो मैले उनलाई सान्तोना दियर सम्झौने समय पनि थियन,मानब जिबनका भोगाइ हरु पनि कती बिचित्र र कती काठोर्  छन आफुले सम्झदा आँफैलाई आश्चर्य लाग्छ जहाँ जसरी बसे पनि उनिबिना यो मनमा सुख शान्ती र सन्तुस्टिको महसुश नहुने रहेछ यो दुबइ जस्तो बिकसित ठाउमा जती भौतिक सुख सुबिधा हासिल गरेपनी यत्रो बिकसीत शहरमा यत्रो मनिस् को भिडमा म आफुलाई यक्लो मह्सुश गरिराखेको छु याद र कल्पनाहरुको तरङगमा बहदै समयलाई पार गर्न बाघ्य छु सुन्दर भबिस्यको कल्पना र रङिन सपना बुन्दै सात समुन्द्र पारी शरीर भय पनि मन चाँही नेपालमा नै छ आफ्न प्यारा बाल बच्चा को काखमा अनी मात्री भुमिको त्यो हरियाली पाखापखेरामा बस्न कसलाई पो मन हुँदैन र तर बाद्याता यस्तै रहेछ परिवारसँग डिडो फाडो खायर भय पनि स्वदेश मा नै बस्ने बिचर पलायर आयको छ ,

नतिकाजी मिया,
हर्मी १ बयपानी गोर्खा